देशभक्तिमाथि विदेशी शक्तिकेन्द्रको इसारामा आक्रमण भइरहेको छ : शङ्कर पोखरेल

देशभक्तिमाथि विदेशी शक्तिकेन्द्रको इसारामा आक्रमण भइरहेको छ : शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशभक्तिमाथि विदेशी शक्तिकेन्द्रको इसारामा आक्रमण भइरहेको बताउनुभएको छ । 

उहाँले सामाजिक सञ्जालमार्फत देशभक्तिमाथि आक्रमण हुँदा रमाउने र षडयन्त्रलाई सत्य ठानेर विश्वास गर्ने परिस्थितिले राष्ट्र कमजोर भएको बताउनुभयो । 

‘गोयवल्सको शैलीमा भइरहेको भ्रमपूर्ण प्रचारबाट सचेत बनौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’देशभक्तहरूमाथि विदेशी शक्तिकेन्द्रको इसारामा षडयन्त्रपूर्ण आक्रमण हुँदासमेत रमाउने र षडयन्त्रलाई सत्य ठानेर विश्वास गर्ने परिस्थितिले राष्ट्र कमजोर भइरहेको छ ।’

महासचिव पोखरेलले अहिले राष्ट्रवादी शक्ति र कम्युनिस्ट शक्तिका विरुद्ध षडयन्त्र भइरहेको पनि बताउनुभयो । राष्ट्रवादी शक्ति र कम्युनिस्ट शक्तिका विरुद्ध भइरहेको षडयन्त्रको मानिसहरूलाई अनुभूति पनि हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।

महासचिव पोखरेलले भन्नुभएको छ,’यतिबेला वास्तविक राष्ट्रवादी शक्ति र कम्युनिस्ट शक्तिका विरुद्धको षडयन्त्रमा यति धेरै व्यक्तिहरू सामेल छन् कि आम मानिसहरूलाई षडयन्त्रको अनुभूति नै हुन सकिरहेको छैन ।’ 

उहाँले सिर्जित भ्रम चिर्नका लागि देशभक्त र क्रान्तिकारीहरू पहिलेको तुलनामा अझ गम्भीर र सक्रिय हुन आवश्यक रहेको बताउनुभयो ।  

nepalone