रमेश बि.क.रसाईली – काठमाडौँ,
सर्वप्रिय सर्जक विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईको अभिनयमा नयाँ गीत अचार आँपैको सार्वजनिक भएको छ ।

दीपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको गीतलाई विक्रमबाबु विश्वकर्मा ले नै लेखेका हुन भने शिव कनौजे मगरको लयलाई विश्वास नेपालले सङ्गीत संयोजन गरेका छन् । अचार आँपैको गीतको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार भएको हो ।

ईश्वर बाबुको निर्देशन अनि सम्पादन,करन चैसिरको छायाकंन र विकास ज्ञवालीको रङ्ग संयोजनमा तयार गीतको भिडियोमा विक्रमबाबु र यशु सँगै सुवर्ण दुलाल,शिबाङ्गी क्षेत्री,अनिल सुनार,सङ्गीता सुनार लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

B3 Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गीत अचार आँपैकोले दर्शक श्रोताको भरपुर माया पाउनेमा सम्पूर्ण टिम विश्वस्त रहेको छ ।