एमालेद्धारा प्रतिनिधि सभाको बैठकमा विरोध

एमालेद्धारा प्रतिनिधि सभाको बैठकमा विरोध

काठमाडौँ – नेकपा एमालेका संसदहरुले आज भएको प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा पशुपतिको जलहरी विवादले प्रभावित भएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा चढाइएको जलहरी सुनको भनेर पित्तलको हालिएको भन्दै माओवादी सांसदले गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो ।

एमालेले माओवादीकातर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने अडान राखेपछि बैठक सुरु हुन नसकेको एक सांसदले जानकारी दिए ।

nepalone