केपी ओलीले भने : जलहरीको विषयमा पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

केपी ओलीले भने : जलहरीको विषयमा पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाउदै आएको बताउनु भयो ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सधै‌ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाउनु भयो।

उहाँले भन्नुभयो, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’

nepalone