भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको प्रचण्डको भेटघाट

भारत भ्रमण निस्कनु अघि चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्रीको प्रचण्डको भेटघाट

काठमाडौं, १७ जेठ । भारत भ्रमणमा निस्कनु केही घन्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्ड बिच भेटबार्ता भएको हो । भेटबार्ता जारी छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन । उनीहरु हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्। 

भारत भ्रमणमा निस्कनु केही घन्टा अघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपुर्ण रुपमा लिईएको छ । तर, भेटघाटमा के भयो ? त्यो भने अझै बाहिर आएको छैन । गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्र्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदैछन्  । 

nepal one