‘अखंड भारत’ अनावश्यक दावी, संशोधनवादी र विस्तारवादी मानसिकता : पाकिस्तानी विदेशमन्त्री

‘अखंड भारत’ अनावश्यक दावी, संशोधनवादी र विस्तारवादी मानसिकता : पाकिस्तानी विदेशमन्त्री

काठमाडौँ – पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ‘अखंड भारत’ अनावश्यक दावी, संशोधनवादी र विस्तारवादी मानसिकता भएको बताउनुभएको छ ।

इराक भ्रमणमा रहनुभएका विदेशमन्त्री जरदारीले पत्रकारहरुसँगको भेटघाटमा ‘अखंड भारत’ को अनावश्यक दावी संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो जसले यसको पहिचान र संस्कृतिलाई वशमा पार्न  खोजेको बताउनुभएको हो ।

विदेशमन्त्री जरदारीले भन्नुभयो, “हामीले नयाँ दिल्लीको नयाँ संसद भवनमा स्थापित भित्तिचित्रको बारेमा रिपोर्टहरू देखेका छौं। भित्तिचित्रमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको छ, जसमा अहिले पाकिस्तान र अन्य क्षेत्रीय देशहरू समावेश छन्। एक केन्द्रीय मन्त्री लगायत भाजपाका केही राजनीतिज्ञहरूले भित्तिचित्रलाई ‘अखंड भारत’ (एकीकृत बृहत्तर भारत)सँग जोड्दै। ‘अखंड भारत’ को अनावश्यक दावी संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो जसले यसको पहिचान र संस्कृतिलाई वशमा पार्न खोज्छ।”

विदेशमन्त्री जरदारीले भन्नुभयो अखण्ड भारतको विचारलाई भारतमा सत्तारुढ दलका व्यक्तिहरूले बढ्दो रूपमा झुटो प्रचार गरिरहनु गम्भीर चिन्ताको विषय हो। उहाँले भारतीय राजनीतिज्ञहरूलाई भाषणबाजीमा नलाग्न सल्लाह समेत दिनुभएको छ ।

भारतले आधिपत्यवादी र विस्तारवादी महत्वाकांक्षालाई पोषण गर्नुको सट्टा आफ्ना छिमेकीहरूसँगको विवाद समाधान गर्नुपर्छ र शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्ने विदेशमन्त्री जरदारीले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्घाटन गरेको  नयाँ दिल्लीस्थित नयाँ संसद भवनको भित्तिचित्रमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालसहित तिब्बत, भियतनाम, कम्बोडिया, इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलंका, म्यानमार, भुटान, पाकिस्तान, बंगलादेश, इरान, अफगानिस्तान लगायतका देशहरू समावेश छन्।

विवादास्पद भित्ते चित्रले नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेत समेटेको छ ।भारतको विवादास्पद भित्तेचित्रले अनावश्यक र घातक कूटनीतिक विवाद निम्त्याउने विश्लेषकहरु बताउछन् ।

nepalone