यहाँ इमान्दार भएर काम गर्न खोज्दा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ : अर्थमन्त्री महत

यहाँ इमान्दार भएर काम गर्न खोज्दा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले यहाँ इमान्दार भएर काम गर्न खोज्दा प्रश्नमाथि प्रश्न उठ्ने बताए ।

मंगलबार भएको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको संलग्न भएको आरोप लागेपछि यस्तो बताएका हुन् ।

उनले भने, यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ। इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले एउटा न्यूज पटक पटक दोहोर्याउँछ । र, त्यसैलाई हामी सत्य ठान्छौं । तर, वास्तविकता कुनै प्रभावनका मुक्त भएर मैले काम गरेको छु ।’

आफू अर्थमन्त्री भएको दिनदेखि नै कुनैपनि प्रभावबाट मुक्त भएर काम गर्ने प्रतिबद्धताको साथ अघि बढेको बताए ।

nepalone