सरकारले अहिले अन्नमा आत्मनिर्भर हुने योजना बढाउन छाडेर गाँजामा चासो देखायो : अध्यक्ष ओली

सरकारले अहिले अन्नमा आत्मनिर्भर हुने योजना बढाउन छाडेर गाँजामा चासो देखायो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अहिले अन्नमा आत्मनिर्भर हुने योजना बढाउन छाडेर गाँजामा चासो देखाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा आफ्ना भनाइ राख्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। अहिले मानिस दृष्टिगोचर भएका छैनन् तर कोही त छ गाँजा खेतीको पछि लाग्ने । कसले गर्न खोजिरहेको छ यो गाँजा खेती रु गाँजा खेती कसले गर्न खोज्दैछ किन गर्न खोजेको हो रु जनताले गाँजा खेती गरेका छैनन्, कहीँ कहीँ भएको पनि होला।’

उहाँले प्राकृतिक रुपमा उब्जिएको गाँजाले जीविका चलाउँदा मान्छे जेल जाने गरेको सुनाउनु भयो। गाँजा खेती र व्यापार गर्नेहरु कोही पनि अहिले नदेखिएको बताउँदै पहिले अन्नमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

nepalone