निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

काठमाडौं / निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ । सिट बाँडफाँडमा प्रतिनिधिसभा र प्रदेश सभाको कानुन बाझिएको भन्दै आयोगले संशोधन गरेको हो । संशोधनअनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकामा एकरूपमा आएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलहरूले समानुपातिक सिटमा बन्दसूचीबाट नाम पठाउन तीन […]

संघीयतापछिका दुई निर्वाचनको लेखाजोखा : कांग्रेसलाई फाइदा

काठमाडौं – आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा प्रवेश गरेको थियो । संघीयता लागूभएपछि नेपालमा  दुईवटा निर्वाचन सम्पन्न भएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा र  विसं. २०७९ मंसिर ४ गते गरी प्रदेश […]

सांसदले सपथ नखाँदै देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत

काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् । कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) […]

Author: Reporter

कमल थापाको राप्रपा नेपाललाई समानुपातिकमा १२ हजार, प्रदेशमा साढे २१ हजार मत

काठमाडौं – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ । अब समानुपातिक पनि…

रवीन्द्र मिश्रको निर्वाचन खर्च २४ लाख ४९ हजार

काठमाडौं – राप्रपा नेपालका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९…

थापाथलीको सुकुमवासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र

काठमाडौं – काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले…

१० दलले कटाए लुम्बिनीमा थ्रेस होल्ड, तर सरकार गठनमा बहुमत जुटाउन सकस !

बुटवल – लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन् । यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२…

काठमाडौं छिरेपछि सिके राउतको म्याराथन

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राउतले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्…

YouTube0
YouTube
RSS
Follow by Email