`

गौशालामा डाइग्नोस्टिक सेन्टरका संचालकमाथि आक्रमण

Nepal One HD १५ असोज २०८० १२:४८
अपराध

काठमाडौ– गौशाला पिंगलास्थानस्थित डाइग्नोस्टिक सेन्टरका संचालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनलाई अपरिचित व्यक्तिले आक्रमण गरेका हुन् ।

हुसेनमाथि चक्कु प्रहार गरेर आक्रमणकारी फरार भएका छन् । घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौँले भने घटनास्थलमा गोली चलेको पुष्टि नभएको जनाएको छ । घाइते सविर हुसेनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रतिक्रिया