`

संखुवासभामा हत्याका अभियुक्त २१ वर्षपछि फक्राउ

Nepal One HD ९ असार २०८२ ९:१४
अपराध

खाँदबारी । संखुवासभामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । संखुवासभा साविक वानेश्वर गाविस वडा नम्बर ६ खाम्लिङ, हाल चैनपुर नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनी २०६१ चैत २२ भोजपुर जरायोटार–४ बस्ने वर्ष ३६ को पर्शुराम बिकलाई हत्या गरी फरार भएका थिए । उनलाई पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते २ वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत चैनपुरमा पेश गरिएकोमा कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *