`

भिजिट भिसा प्रकरण छानबिन गर्न समिति गठन

Nepal One HD ९ असार २०८२ २२:२५
प्रमुख खबर

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरण छानबिन गर्न समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास  वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको गठन गरेको हो ।

समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने बताइएको छ । समितिलाई ३० दिनको समय दिइएको छ । भिजिट भिसा प्रकरणको छानबिनका लागि एक महिनाभित्र समिति गठन गर्ने भन्दै सत्तापक्षले नेकपा माओवादी केन्द्रसँग यसअघि नै सहमति गरेको थियो ।

समिति गठन नगरेको भन्दै राप्रपा र रास्वपाले सदनमा विरोध प्रदर्शन गर्नुका साथै बैठक बहिष्कार गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *