`

भारतद्वारा केआईआईटी घटना छानबिन गर्न गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन

Nepal One HD ६ फागुन २०८१ २२:२३
प्रमुख खबर

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिसा सरकारका अधिकारीहरू र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी दूतावासले ओडिसा राज्य सरकारले यस विषयमा जानकारी लिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा सरकारले नेपालीसहित सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ ।’

भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको र उनलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ । ओडिसा प्रहरीले केआईआईटी सुरक्षाकर्मीहरूले विद्यार्थीहरूमाथि गरेको दुव्र्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ ।’


प्रतिक्रिया