प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी


काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध चार कसुरमा अनुसन्धान गरिने भएको छ ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेको भन्दै प्रसाईँ विरुद्ध प्रहरीले ज्यानमार्ने उद्योग , संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने चयारी गरेको हो ।
उनी विरुद्ध यी चार कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले म्याद थप गर्नू पर्ने हुन्छ जस्का लागी प्रहरीले प्रसाईलाई काठमाडौँ ल्याए लग्त्तै अदालत लगिएको छ । प्रसाईंलाई आज नै म्याद थप गरि थप अनुसन्धान अघि बढाईने प्रहरी स्रोतले बताएको छ ।
प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।
प्रहरी स्रोतका अनुसार, उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी छ ।