यस्तो छ ‘ पीआर ’ को टिजर


काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ । टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुःख नेपालमा परिवारको पीडा एउटा समसामयिक विषय देखाइएको छ ।
फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ। त्यसैगरि विशेष भुमिकामा नीर शाह,गौरी मल्ल, रविन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन शोभित बस्नेतले गरेका छन्।
यस फिल्मको कथा पनि उनकै रहेको छ । यस फिल्मका निर्माताका रुपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन्।
फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
यस फिल्मको मुख्य सहायक निर्देशकका रुपमा रामजी राउत,गणेश बुढाथोकी, मणि तामाङ रहेका छन् । यो फिल्म यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्डका सबै शहरमा र रिलिज गरिदै छ।