इरानबाट थप चार नेपालीको उद्धार

प्रमुख खबर

काठमाडौँ । इरानबाट थप चार नेपालीको उद्धार गरिएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दुतावासका अनुसार इरानको मसादबाट बुधबार थप चार जना नेपाली दिल्ली आइपुगेका हुन् । गायत्री, उत्सव, सागर र बुद्धि बुधबार नयाँदिल्ली आइपुगेका हुन् ।
उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुतावासले जानकारी दिएको छ ।
यसअघि मंगलबार भारत सरकारले इरानबाट दुई नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ६ नेपाली फर्किएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट