`

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध सुनुवाइ समितिमा सात उजुरी दर्ता

Nepal One HD १२ असार २०८२ १३:०४
प्रमुख खबर

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् ।

समितिको बिहीबार बसेको बैठकमा सभापति ईश्वरी न्यौपानेले प्रस्तावित न्यायाधीशहरूविरुद्ध सात वटा उजुरी परेका जानकरी दिएकी हुन् । उनकाअनुसार समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका छन् ।

समितिले उजुरीकर्तालाई शुक्रबार बिहान साढे ११ बजे बस्ने समितिको बैठकमा आमन्त्रण गर्ने निर्णय बैठकले गरेको छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषद्को बैठकले सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । समितिले आगामी आइतबार प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *