`

कांग्रेसले सानेपामा १९ आना जग्गा र ३ तले घर किन्दै, दियो ५० लाख बैना

Nepal One HD १३ असार २०८२ १४:१६
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको जानकारी दिए ।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ । उक्त जग्गा १३ करोडमा खरिद गरेको जनाइएको छ ।

निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने विज्ञप्तिमार्फत जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *