`

दृष्टिविहिन बालबालिकालाई सिटिजन बैंकको सहयोग

Nepal One HD १४ असार २०८२ ७:५०
शिक्षा

मुगु । सिटिजन बैंक गमगढी शाखाले दृष्टिविहिन बालबालिकाहरुलाई लत्ताकपडा लगायत अन्य सामान सहयोग गरेको छ ।मुगु जिल्लाको छायानाथ रारा नगर पालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तरगत अध्ययनरत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत लत्ताकपडा सहयोग गरेको हो ।

उनीहरुलाई सुत्नको लागि प्रयोग गरिने ओड्ने, ओछ्याउने, खानेपानीको लागि फिल्टर लगायत अन्य सामाग्री उपलब्ध गराएको सिटिजन बैंक मुगु गमगढी शाखाका प्रबन्धक कलम सेजुवाले जानकारी दिएका छन् ।

सोही विद्यालयका प्रधानध्यापक दिलिप कुमार शाहिले ओढ्ने ओछ्याउने लत्ता कपडा पाएपछि विद्यार्थीहरु खुसि भएको भन्दै बैकप्रति आभार सहित धन्यवाद व्यक्त गरेका छन् ।

साथै प्रत्येक वर्ष बैंकले प्रदान गर्ने संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमको रकमलाई यो आर्थिक वर्षमा शैक्षिक संस्थालाई प्रदान गरिएको प्रबन्धक सेजुलालले बताए

त्यस्तैगरी, जिल्लाकै छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा अध्यनरहत फरक क्षमता भएका बालबालिकालाई २५ हजार बराबरको खाजा र मीन माध्यमिक विद्यालय भारेकोटलाई २५ हजार बराबरको खेलकुद सामाग्री वितरण गरेको सिटिजन बैंक गमगढी शाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *