`

न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको छः कानुनमन्त्री चौरसिया

Nepal One HD १७ असार २०८२ २१:५४
राजनीति

काठमाडौँ, १७ असारः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजनाले न्याय छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै आएको बताउनुभयो ।

“न्यायपालिले छिटो न्याय दिनका लागि प्रविधिको प्रयोग गर्दै आइएको छ । अनलाइन मुद्दा दर्ता, मुद्दाको अवस्था बुझ्ने र भिडियोमार्फत सुनुवाइको काम भइरहेको छ । यसै विषयलाई ध्यानमा राखेर न्यायपालिकाको बजेट विनियोजन गरिएको छ”, मन्त्री चौरसियाले भन्नुभयो ।

जातजाति, धार्मिक, सांस्कृति विभेद तथा छुवाछूत र भेदजन्य कार्यविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिइएको भन्दै उहाँले निजामती तथा सरकारी सेवामा दलितको कोटा निर्धारण गरेर सहभागिता बढाउँदै लगिएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *