`

सुपारमाई हाइड्रोपावरले ४ लाख १५ हजार कित्ता आइपिओ निष्कासन गर्ने, कहिले देखि दिन पाइन्छ आवेदन ?

Nepal One HD १३ माघ २०७९ १२:२१
अर्थ समाचार

काठमाडौं ।  सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता एक सय अंकित दरमा चार लाख १५ हजार कित्ता आइपिओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ । साथै बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया