`

कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न र दूधको मूल्य बढाउन किसानको माग

Nepal One HD १७ माघ २०७९ १३:२९
अर्थ समाचार

चितवन । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।

किसानहरुले कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न समेत माग राखेका छन् । बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप किसानरुको छ ।

चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।


प्रतिक्रिया