`

फागुन २२ सम्म बिमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरे खारेज हुने

Nepal One HD १६ फागुन २०७९ १८:०६
अर्थ समाचार

काठमाडौं, १६ फागुन ।  बिमा प्राधिकरणले बिमा अभिकर्ता इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै फागुन २२ गतेसम्म बिमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेका अभिकर्तालाई आवश्यक कागजातहरू पेस गर्न आग्रह गरेको हो ।

फागुन २२ गतेसम्म आवश्यक कागजात प्राधिकरणमा नबुझाए बिमा अभिकर्ता इजाजतपत्र नवीकरण नहुने सुचनामा जनाईएको छ ।

उक्त इजाजतपत्र नवीकरण गर्न एसएलसी वा सोभन्दा माथिको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड अनिवार्य बुझाउन भनिएको छ 


प्रतिक्रिया