`

जसपाको केन्द्रीय समिति बैठक सुरु

Nepal One HD ९ असार २०८० १३:३५
अर्थ समाचार

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्या पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको हो।

आइतबारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ। पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्। 

भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई आजको बैठकले अनुमोदन गर्नेछ। बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ।


प्रतिक्रिया