बढ्यो सुनचाँदीको मूल्य

अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज १ हजार ३७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट