`

बिहीबार सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Nepal One HD २८ असार २०८० ११:३४
अर्थ समाचार

काठमाडौँ / बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य रु १ लाख ११ हजार ८५० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधवार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।


प्रतिक्रिया