`

घट्यो सुनचाँदीको मूल्य

Nepal One HD १९ भदौ २०८० ११:५९
अर्थ समाचार

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया