शिक्षकको आन्दोलन फिर्ता

प्रमुख खबर

काठमाडौ– सरकार र तीन दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । गृह मन्त्रालयमा भएको सहमतिपछि शिक्षकले जारी आन्दोलन फिर्ता लिएका छन् । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने सहमति भएको छ ।
संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने लगायतका बुँदामा सहमति जुटेको छ । शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच हिजोदेखि नै वार्ता सुरु भएपनि आज भने निष्कर्षमा पुगेको हो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट