`

नेप्सेमा ३३ अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोडमा सिमित

Nepal One HD १४ असोज २०८० १६:०९
अर्थ समाचार

काठमाडौ– सेयरबजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ ।
सेयरबजारमा आज २ सय ८४ कंपनीका सेयर कारोबार भएका छन् । कुल ६७ लाख २३ हजार ४ सय कित्ता सेयर ८२ हजार ८ सय कारोबारबाट १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको छ ।


सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक नकारात्मक छन् । सयपत्री हाइड्रोपावर लिमिटेड, पिपुल्स हाइड्रोपावर कंपनी तथा कुमारी धनवृद्धि योजनाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सनराईज फस्ट माइक्रोफाइनान्स, अपर हेवाखोला हाइड्रोपावर कंपनी तथा एसियन हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।


प्रतिक्रिया