भोलि अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

प्रमुख खबर

काठमाडौं / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्थामा मात्र उपत्यकामा सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ।
उपत्यका भित्रका विभिन्न स्थानहरूमा भोली प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो।
मंसिर ७ गते राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन्।
सोही प्रदर्शनले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न हुने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्रै बाहिर निस्कन आग्रह गरेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट