कामगार सेनाका अध्यक्षद्वारा बिहारका राज्यपाललाई सीमा सुरक्षाकाबारेमा ध्यान दिन आग्रह


विष्णु गौतम, मुम्बई । नेपाल भारतको सुरक्षा विषयलाई लिएर नेपाली कामगार सेनाका राष्ट्रिय अध्यक्ष एवं सनातन हिन्दू प्रचार अभियानता माष्टर थापाले बिहारका राज्यपाललाई भेटी ध्यानाकर्षण गराएका छन् ।
थापाले भारतीय नेपाली कामगारसेनाको बिहार शाखाको उद्घाटनका अवसरमा भेटगरी सुरक्षाका विषयमा ध्यानाकर्षण गराएका हुन् । भारत र नेपालको सीमा खुला भएको हुँदा दुई देशमा पर्ने समस्या दिन प्रतिदिन जटिल हुँदै गएको भन्दै थापाले सिधासाधा नेपालीहरुलाई बिना कारण सुरक्षा निकायबाट दुःख दिएको भन्दै त्यसतर्फ बिहार सरकारलाई ध्यान दिन समेत आग्रह गरेका छन् ।
सीमाबाट हुने चोरी तस्करीलाई तत्काल रोक्न समेत उनले दुबै देशका सरकारी निकायहरुमा समेत ज्ञापनपत्र समेत बुझाएको बताए ।
सिमानामा बस्ने नेपालीहरुलाई दैनिकक आवश्यकपर्ने वस्तुहरु खरिद गर्न र सरल सहजीकरण गर्न समेत दुबै देशको पहल हुनुपर्नेमासमेत थापाले जोड दिएका छन् । बिहारको शाखा उद्घाटनमा र बसाईको क्रममा उनले बिहारका राज्यपाल राजेन्द्र ओर्लेकर, बिहार पुलिस अधिकारी, राजनीति नेता लगायत संगठनका व्यक्तिहरुलाई भेटी यस बिषयमा गम्भीर हुन समेत आग्रह गरेका थिए ।
उनले नेपाल सीमा जोडिएका राज्य उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य योगी र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेटी दुबै देशका सिमाना, सुरक्षाका बिषयमा समेत पहल गर्ने बताए।
