जुलाई २० तारिखका दिन दुबईमा गुन्जिँदै कुमा सागर

NepalOne २४ जेठ २०८२ २०:२४
मनोरञ्जन

दुबई । आगामी जुलाई २० तारिखका दिन दुबईमा पहिलोपटक गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको बृहत् सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली समुदायको सांगीतिक स्वादलाई मध्यनजर गर्दै तेस्रो संस्करणको गोर्खा साँझ अन्तर्गत यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई लाइभ नेपाली संगीतको प्यास मेटाउने अपेक्षा गरिएको छ।

कार्यक्रम दुबईस्थित अल नासर क्लबमा आयोजना हुने आयोजक तथा एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । जुन स्थान औद मेथा मेट्रो स्टेशनको नजिकै पर्छ। दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने कार्यक्रममा नेपाली सांगीतिक रंग, मेलोडी र देशप्रेमको समिश्रण रहने ठकुरीको भनाइ छ।

कार्यक्रमको प्रदेश शुल्क ५० दिराम तोकिएको छ भने दर्शकहरूले लाइभ सांगीतिक अनुभव लिन पाउनेछन्। गायक कुमार सागर आफ्ना ‘देशप्रेमी’ तथा ‘प्यासनल’ गीतहरूका लागि परिचित छन् भने ख्वप ब्यान्डले पछिल्लो दशकमा नेपालको मौलिकता झल्काउने संगीतमार्फत छुट्टै पहिचान बनाइसकेको छ। दुबईमा उनीहरू दुवै पहिलोपटक एकै मञ्चमा देखिन लागेकोले कार्यक्रम थप रोमाञ्चक हुने विश्वास गरिएको छ।

गोरखा साँझले यसअघि पनि युएईमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। आयोजक भीम मल्ल ठकुरीले भने, “यो केवल कन्सर्ट होइन, हाम्रो पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसर हो ।”

दुबईलगायत यूएईभरिबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको कार्यक्रमका लागि आयोजकले समयमै टिकट सुनिश्चित गर्न आग्रह गरेको छ ।

कार्यक्रमको टाइटल स्पोन्सर माउन्ट एभरेस्ट सुपरमार्केट रहेको छ भने अन्य सहयोगीहरुले पनि सहयोगी संस्थाहरुले पनि कार्यक्रमलाई भव्य बनाउन साथ दिने क्रम जारी रहेको ठकुरीले बताए ।


प्रतिक्रिया