संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चमा सिफारिस तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

NepalOne १ असार २०८२ ८:४५
प्रमुख खबर

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस भएका तीन न्यायाधीश र न्याय परिषद्मा सिफारिस एकजना सदस्यमा उजुरी आह्वान गरेको छ ।

समितिले आइतबार सूचना जारी गरी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाका सम्बन्धमा कुनै सूचना वा उजुरी दिन आह्वान गरेको हो ।

त्यसैगरि न्याय परिषद्को सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालका सम्बन्धमा पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ ।

गत जेठ २७ गते न्याय परिषद्ले पोखरेल, पौडेल र थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।


प्रतिक्रिया