`

रास्वपासँग कांग्रेसले खोज्यो मानव तस्करीको स्पष्ट परिभाषा

Nepal One HD २ असार २०८२ १७:३९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मानव तस्करीको परिभाषा स्पष्ट गर्न आग्रह गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले रास्वपालाई लक्षित गर्दै कसलाई मानव तस्कर भन्न खोजेको हो त्यो स्पष्ट पार्न आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? जसले पाँच पाँच जना व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो भनेर सदनमा स्पष्ट पारियोस् भनेर म भन्न चाहन्छु ।’

अर्थमन्त्री विष्णु पौडेल बोल्दै गर्दा रास्वपाका सांसदहरुले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेपछि सभामुखसँग समय मागेर थिङले यस्तो बताएकी हुन् ।


प्रतिक्रिया