तीनकुने घटना हामीले गरेको होइन, राज्य आतंकका कारण घटेको होः धवलशम्सेर राणा

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राज्यले राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद जबराले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
सांसद जबराले आफूहरुले छानबिन समितिको माग गरिरहेको तर सरकार भने छानबिन समिति बनाउन डराइरहेको बताए ।
उनले भने, ‘चैत्र १५ गते तीनकुनेमा भएको घटना राज्यको आतंक हो । मञ्चमा राष्ट्रिय गान बज्दा समेत अश्रु ग्याँसको प्रयोग गरिएको छ । अहिलेसम्म कति आन्दोलन भयो कहिले पनि यस्तो भएको थिएन । घटना हामीले गरेको होइन, राज्य आतंकका कारण घटेको हो ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट