`

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

Nepal One HD ८ असार २०८२ २१:०२
विश्व

अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एम.सी.ए.) का समर्थकहरूबीच भएको भागदौडमा परेर तीन जनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन् ।

शनिबार भएको खेलका क्रममा रंगशालाको माथिल्लो भागबाट समर्थकहरू खसेपछि सुरुमा एक जनाको मृत्यु र ११ जना घाइते भएको जानकारी दिइएको थियो । तर आइतबार स्वास्थ्य मन्त्रालयले मृतकको संख्या तीन पुगेको र राजधानीका विभिन्न अस्पतालमा ८१ जना घाइतेहरूको उपचार भइरहेको जनाएको छ ।

मोलुदिया क्लब द अल्जेरले लगातार दोस्रो पटक राष्ट्रिय उपाधि जितेको खुशीयालीमा समर्थकहरूले ठूलो संख्यामा उपस्थिति जनाएका थिए । तर, ला गाजेत दु फेनेक नामक खेलसम्बन्धी एक समाचार स्रोतका अनुसार, सुरक्षाका लागि राखिएको बार भाँचिँदा धेरै समर्थकहरू तल खस्दा घटना घटेको हो ।

खेल ५ जुलाइ रंगशाला मा भएको थियो, जहाँ एम.सी.ए. र एन.सी. माग्रा बीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो । यो दुःखद घटनापछि राष्ट्रिय फुटबल लिगले उपाधि वितरण कार्यक्रम रद्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *