`

एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालको विजयी शुरुवात

Nepal One HD ८ असार २०८२ १२:५२
खेलकुद

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा अल आउट हुदै १३८ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान रियान नायकले सर्बाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए । प्रतियोगिता अन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *