लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

अपराध

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको थियो । बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा जाहेरी दिएकी थिइन् । सांसद रायमाझी हाल फरार छिन् । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्र लेख्दै रायमाझीलाई पक्राउ गरी दाखिला गरिदिन भनेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट