`

आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलेर नेपाली टोली स्वदेश

Nepal One HD ८ असार २०८२ १९:०४
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलेर स्वदेश फर्किएको छ । आइतबार अपराह्न स्वदेश फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डको एकदिवसीय सिरिजका चारमध्ये तीन खेलमा नेपाल विजयी भएको थियो ।

त्यस्तै, लिग टु अन्तर्गतको सिरिजपश्चात भएको टी ट्वान्टी आई सिरिजमा नेपाल दोस्रो भएको थियो । विश्वकप छनोटको तयारीमा रहेको नेपालले सेप्टेम्बर २७, २८ र ३० तारिखमा वेस्ट इन्डिजसँग टी ट्वान्टी आई सिरिज खेल्ने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *