गण्डकी प्रदेश सभामा माओवादी सांसदले च्याते बजेट पुस्तिका

प्रमुख खबर

गण्डकी । गण्डकी प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेशम जुग्जालीले आगामी वर्षको वार्षिक विकास पुस्तिका च्यातेका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको कार्यक्रममाथि छलफलका क्रममा रोष्ट्रममा पुगेका बजेट पुस्तिका च्यातेका हुन् ।
उनले दुई-दुई पटक म्याग्दीलाई अन्याय भएको भन्दै उनले पुस्तिका च्याते । उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड भौतिक मन्त्रीज्यू मेरो र हरि माननीयको भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । दुईदुई पटक म्याग्दीलाई अन्याय भएकाले यसको कुनै अर्थ छैन । सभामुखको अनुमति लिएर च्यात्न चाहन्छु ।’
केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसद अम्मरबहादुर थापाले पनि बजेट पुस्तिका च्यातेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट