फिल्म ‘रियाल रिङ्गेट’को गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’

मनोरञ्जन

काठमाडौं । नेपाली फिल्म ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ । रेबेल फिल्मसद्वारा निर्मित यस चलचित्रको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ ।
रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत दिएको यो गीतमा केतन क्षेत्रीको सुमधुर स्वर रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन्।
गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेसिनुपर्दाको पीडालाई गहिरो रूपमा प्रस्तुत गरेको छ । आगामी साउन १६ गते फिल्म प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट