भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध मुद्दा दायर

अपराध

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झासहित तीन जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा. झासँगै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन सहलेखापाल अनिल लिम्बु, मोदाक एड्भर्टाइजिङ प्रालिका सञ्चालक कौशलराज सिंह र कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
केन्द्रले निर्माण व्यवसायीमध्ये एक मात्र निर्माण व्यवसायीलाई रेस्पोन्सिभ गरी आर्थिक प्रस्ताव खोलिएको हुँदा प्राविधिक र आर्थिक मूल्यांकलन पुनरावलोकन गरी पाउँ भन्ने ब्यहोराको उजुरी परेपछि आयोगले अनुसन्धान एवं छानबिन अघि बढाएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट