`

जापानमा भिजिट भिसाका नाममा लुट मच्चाएको विषयमाथि छानबिन गर्न खतिवडाको माग

Nepal One HD १४ असार २०८२ १४:२७
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक ट्राभल्स एजेन्सीले जापानमा भिजिट भिसाका नाममा मान्छे पठाएर अर्बौ रकम लुटिरहेको बताएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाए । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन उनले माग गरे ।

बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरु माननीय सदस्यहरुले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *