`

नेप्सेमा २८ अंकको वृद्धि

Nepal One HD १७ असार २०८२ १६:०१
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से २८ दशमलव ९१ अङ्कले बढेको छ । मंगलबार उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९ दशमलव ८७ प्रतिशतले बढेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन युनिलिभर नेपाल कम्पनीको शेयर भने २ दशमलव १३ प्रतिशतले घटेको छ ।

आज ३०९ वटा कम्पनीको १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *