शेख हसिनालाई ६ महिनाको जेल सजाय

विश्व

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसिटी) ले अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । बुधबार तीन सदस्यीय इजलासले यस्तो सजाय सुनाएको हो ।
न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको ट्राइब्युनल–१ ले उक्त फैसला सुनाएको द ढाका ट्रिब्युनले जनाएको छ । सोही मुद्दामा गाइबन्धाको गोविन्दगञ्जका शाकिल अकन्द बुलबुललाई पनि दुई महिनाको कैद सजाय सुनाइएको छ देश छाडेको करिब एक वर्षपछि शेख हसिनालाई पहिलो पटक कुनै मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।
यसअघि, गत जुन महिनामा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजकहरूले शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराध अन्तर्गत मुद्दा दायर गरेका थिए । यो फैसला उनको राजनीतिक भविष्यका लागि निर्णायक मोड सावित हुनसक्ने आँकलन गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट