`

रूसी अन्तरिक्ष यानको सफल मिसन सम्पन्न, अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फिर्ता

Nepal One HD १९ असार २०८२ ७:३०
विश्व

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब छ महिनाभन्दा बढी समय बिताएपछि रूसी मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–२९’ ले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रूसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रोग्रेस एमएस–२९’ रूसले विकास गरेको एउटा मानवरहित आपूर्ति यान हो, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आवश्यक सामान, इन्धन, उपकरण र वैज्ञानिक सामग्री पु¥याउन प्रयोग गरिन्छ । यो प्रोग्रेस एमएस श्रृंखलाभित्रको यान हो, जसलाई सोयुज–२.१ब रकेटबाट प्रक्षेपण गरिन्छ । प्रोग्रेस एमएस–२९ मा उन्नत नेभिगेसन, स्वचालित डॉकिङ प्रणाली र राम्रो सञ्चार सुविधा हुन्छ, जसले यसलाई अन्तरिक्ष स्टेशनसँग सटीक र सुरक्षित रूपमा जडान हुन मद्दत गर्छ । यसको उद्देश्य आइएसएसको निरन्तर सञ्चालन सुनिश्चित गर्नु र त्यहाँ रहेका अन्तरिक्ष यात्रुहरूको आवश्यकताहरू पूरा गर्नु हो ।

सो यान मङ्गलबार राति ९ः४३ बजे मस्कोको समयमा केन्द्रको पोइस्क नामक मोड्युलबाट अलग भएको थियो । त्यसपछि राति १२ः५२ बजे पृथ्वीको वायुमण्डलमा प्रवेश गराउन यानलाई पृथ्वी तर्फ फर्काउने प्रक्रिया सुरु गरिएको थियो ।

उक्त यान सन् २०२४ नोभेम्बर २१ मा बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो र दुई दिनपछि अन्तरिक्ष केन्द्रमा जडान गरिएको थियो । यसले केन्द्रमा नयाँ वर्षको उपहार, इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउने नाइट्रोजन ग्याँस र वैज्ञानिक उपकरणहरू पु¥याएको थियो ।

अर्को मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–३१’ यही बिहीबार बाइकोनुरबाट प्रक्षेपण हुने कार्यक्रम छ, जसले आइतबारसम्म अन्तरिक्ष केन्द्रमा पुग्ने अपेक्षा गरिएको छ ।

‘प्रोग्रेस एमएस–३१’ रूसी मानवरहित मालवाहक अन्तरिक्ष यान हो, जसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आवश्यक आपूर्ति पु¥याउन प्रयोग गरिन्छ । यो यान बाइकोनुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिन्छ र लगभग दुई दिनमा अन्तरिक्ष स्टेशनमा जडान हुन्छ । प्रोग्रेस एमएस–३१ नयाँ इन्धन, पिउने पानी, वातावरणमा अक्सिजन मिलाउन आवश्यक नाइट्रोजन ग्याँस, वैज्ञानिक उपकरण र अन्य आवश्यक सामग्रीहरू ल्याउने उद्देश्यले प्रक्षेपण हुन्छ । यसले आइएसएसको निरन्तर सञ्चालन र अन्तरिक्षमा रहेका चालक दलको आवश्यकताहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *