प्रि -ओपन सेसन अपडेट

NepalOne २८ फागुन २०७९ १२:५५
अर्थ समाचार

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २००८.२६ विन्दुमा पुगेको छ।

यस अवधिमा ८ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २५ कम्पनीको २ हजार १६० कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ३९ वटा कारोबार भएको हो। यो सेसनमा १९ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

बाँकीमा कुनै परिवर्तन भएको छैन।


प्रतिक्रिया