फिल्म ‘ए साथी सुन’को टिजर सार्वजनिक

मनोरञ्जन

काठमाडौं –वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’को टिजर सार्वजनिक भएको छ । यस फिल्मको टिजर आइतबार युट्युबमा सार्वजनिक भएको हो ।
फिल्म जेठ ५ गते रिलिज हुनेछ । बदलाको कथावस्तुमा आधारित यस फिल्ममा रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको छ ।
फिल्ममा बर्षा, रमेश, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, सुवास साह लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया
ताजा अपडेट