सुटिङ सेटमा कैयौं पटक ढिलो पुगेका छन् रणवीर सिंह

मनोरञ्जन

बलिउडमा यस्ता केही कलाकार छन्, जो सुटिङ सेटमा कहिल्यै पनि समयमा पुग्दैनन् । उनीहरूकै कारण कैयौंपटक निर्माताले तनावको अवस्था झेल्नु परेको छ । किनकि सुटिङ सेटमा यी कलाकार नपुगुन्जेलसम्म सुटिङका सबै काम रोकिएका हुन्छन् ।
सन् ९० को दशकमा अभिनेता गोविन्दाले त यो मामिलामा सबै हद पार गरेका थिए । सन् ९० को दशकमा गोविन्दाले आफ्नो अभिनयका कारण लाखौंको मन जिते । तर सुटिङ सेटमा ढिलो पुग्ने मामिलामा उनी अगाडि नै थिए । यहीकारण उनले कैयौं तनावको सामना गर्नुपरेको थियो ।
करीना कपूर, रणवीर कपूर, रणवीर सिंह, राजेश खन्नाको पनि सुटिङ सेटमा ढिलो पुग्ने बानी छ ।अभिनेता रणवीर सिंहको अभिनय शैलीबाट जोकोही प्रभावित छन् । उनी जे काम गर्छन्, लगाव दिएर गर्छन् । तर सुटिङ सेटमा भने उनी कैयौं पटक ढिलो नै पुगेका छन् ।
प्रतिक्रिया
ताजा अपडेट