नबिल बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक

NepalOne ३० चैत २०७९ १३:४८
अर्थ समाचार

काठमाडौँ / नबिल बैंक लिमिटेडले २०८० साल वैशाख महिनाका लागि घटाएर ब्याजदर सार्वजनिक गरेको हो ।

नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नयाँ वर्षदेखि लागू हुनेगरी वाणिज्य बैंकहरुले १.०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेसँगै नबिल बैंकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशत कायम गरेको हो ।

सार्वजनिक ब्याजदर अनुसार बैंकको सामान्य बचत खाता अन्तर्गत न्युनतम ५.४० प्रतिशत ब्याजदर र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । त्यस्तै, बैंकको मुद्दती निक्षेपअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर देखि अधिकतम १०.९९ प्रीतशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।


प्रतिक्रिया